बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपालकै प्रतिष्ठित ५ तारे होटल ‘सोल्टी होटल’ र गरिमा विकास बैंकबिच होटलले उपलब्ध गराउने विभिन्न सेवा सुविधामा बैंकका ग्राहकहरुलाई आर्कषक छुट प्रदान गर्नको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्र अनुसार यस बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोग गरि बिल भुक्तानी गर्ने ग्राहकहरुले काठमाडौंमा अवस्थित ‘द सोल्टी काठमाडौं’ र नेपालगंजमा अवस्थित ‘सोल्टी वेस्टेन्ड प्रिमियर’ बाट फुड एण्ड वेभरेजमा आकर्षक १०% छुट पाउनसक्नेछन् ।
हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय बैकिङ्ग सेवा दिदै आईरहेको छ ।
प्रतिक्रिया