कुमारी बैंकका ग्राहकलाई बनेपाको सुप्रिम डेन्टलमा विशेष छुट

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी बैंक र बनेपास्थित सुप्रिम डेन्टल केयरबीच सम्झौता भएको छ । बैंक र डेन्टल केयरबीच बैंकका कार्डवाहक ग्राहकलाई डेन्टः सेवामा विशेष छुट दिने सम्झौता भएको हो ।

यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले सो डेन्टल केयरबाट सेवा लिए वापत कुनै पनि भुक्तानी बैंकको डेबिटरक्रेडिट कार्डबाट गर्दा सामान्य दन्त सेवामा १५ प्रतिशत, ओर्थोदोंतीक्समा १० प्रतिशत, पेदोदोंतिक्समा १५ प्रतिशत, प्रोसथोदोंतिक्समा १५ प्रतिशत, एण्डोदोंतिक्समा १५ प्रतिशत र डेन्टल इम्प्लान्ट्समा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४२ शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ ।