आँधीखोला लघुवित्तको शेयर कारोबार फुकुवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्रको कारोबार फुकुवा भएको छ । कम्पनीले नेपाल राष्ट्र बैंकको जेठ २४ गते धितोपत्र कारोबार फुकुवा गर्न बाधा नरहेको भन्ने पत्र प्राप्त गरेसँगै सूचीकरण विनियमाली अनुसार जेठ २७ गतेदेखि लागू हुने गरी शेयर कारोबार फुकुवा भएको हो ।

मर्जरका कारण करीब तीन वर्ष रोक्का रहेको कम्पनीको शेयर शुक्रवारदेखि कारोबारमा आउनेछ । धौलागिरी लघुवित्त वित्तीय संस्था र यस आँधीखोला लघुवित्ति वित्तीय संस्था एक आपसमा मर्जरमा जाने सम्झौता भएसँगै शेयर कारोबार रोक्का भएको थियो ।