एनआईसी एशिया बैंकले ५ लाख कित्ता संस्थापक शेयर विक्री गर्दै


बैंकिङ्ग समाचार, काठमाडौं ।
एनआईसी एशिया बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ ।

कम्पनीले संस्थापक शेयरधनी नेपाल लाइफ इन्स्योरेन्सको नाममा रहेको ५ लाख कित्ता संस्थापक शेयर विक्री गर्न लागेको जानकारी दिएको छ । उक्त शेयरको न्यूनतम मूल्य रू. ४७५ तोकिएको छ । 

कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कम्पनीका शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरीद गर्न इच्छुक संस्थापकहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरी निवेदन दिन भनेको छ ।

इच्छुक आवेदकले कम्पनीको थापाथलीस्थित रजिष्टर्ड कार्यालयमा पुग्ने गरी निवेदन गर्न सक्नेछन् । ३५ दिनभित्रमा संस्थापक शेयरधनीबाट उल्लेखित शेयर खरीद गर्न कुनै प्रस्ताव नआएको अवस्थामा अन्य व्यक्ति तथा संस्थालाई शेयर विक्री गर्ने पनि कम्पनीले बताएको छ ।