बैंकिङ्ग समाचार, काठमाडौं ।
समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ७ लाख ७२ हजार ६६६ कित्ता अवितरित हकप्रद शेयर असार १ गतेदेखि विक्री गर्ने भएको छ । कम्पनीले यस अघि फागुन ८ गतेदेखि २९ गतेसम्म हकप्रद शेयर निष्कासन गर्दा विक्री हुन नसकेको ९ लाख ४० हजार ४६६ कित्ता संस्थापक शेयर चैत २९ गतेदेखि वैशाख ७ गतेसम्म लिलामीमा विक्री खुला गरेको थियो । सो अवधिमा विक्री हुन नसकेको संस्थापक तर्फको उल्लेखित शेयर कम्पनीले पुनः लिलामीमा विक्री गर्न लागेको हो ।
यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक तथा सर्वसाधारण शेयरधनी तथा अ्न्य जो कोहि व्यक्ति तथा संस्थाहरूले असार ९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । प्रतिकित्ता रू. १०० तोकिएको यो शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्दै आवेदन दिन सकिनेछ ।
शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै बैंक अफ काठमाण्डूको बिराटनगर, विरगंज, पोखरा, बुटवल, नेपालगंज, सुर्खेत र धनगढीबाट आवेदन दिन सकिनेछ । साथै समृद्धि फाइनान्सको केन्द्रिय कार्यालय हेटौडा, मकवानपुर, शाखा कार्यालय पुतलीसडक, काठमाडौं, चितवन, पोखरा र बुटवलबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।
प्रतिक्रिया