बैंकिङ्ग समाचार, काठमाडौं ।
विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेर कालोसूचीमा पर्ने व्यक्ति तथा कम्पनीहरूको संख्या बढ्दो क्रममा रहेको छ । विभिन्न व्यवसाय गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएकाहरूले समयमै कर्जा फर्छ्यौट गर्न नसक्दा धेरै व्यक्ति र संस्थाहरू कालोसूचीमा पर्ने गरेका छन् ।
कर्जा सूचना केन्द्रले प्रकाशित गरेको तथ्यांक अनुसार जेठ महिनाको २० दिनमा ११६४ व्यक्ति तथा संस्थाहरु कालोसूचीमा परेका हुन् । कर्जा सूचना केन्द्रका अनुसार जेठ महिनाको २ गतेदेखि २० गतेसम्म उक्त संख्यामा सहकारी, उद्योगी, व्यापारी, कम्पनी तथा व्यक्तिहरू कालोसूचीमा परेका हुन् ।
बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण लामो समयसम्म नतिरेपछि त्यस्ता व्यक्ति तथा कम्पनीलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राख्ने गरेको छ । केन्द्रले जारी गरेको सूचीमा यस अवधिमा थपिएकाहरूमध्ये स्थापित निर्माण व्यवसायीदेखि उद्योगी लगायत तरकारी व्यापारीसमेत छन् । त्यस्तै, कृषि उद्यमी, मार्ट, खुद्रा पसलेदेखि सहकारी संस्था लगायत व्यक्तिहरूसमेत यस अवधिका कालोसूचीमा परेका हुन् ।
कालोसुचीमा पर्ने कम्पनीहरुमा डाइमण्ड स्टोन एण्ड माइनिङ इन्डष्ट्रिज प्रालि, अनुपमा सिटी कन्ट्रक्सशन, इसारा ट्रड एण्ड सप्लायर्स, शिखर शु सेन्टर, फूलबारी मल्टिप्रपोज एग्रो फार्म, त्रियुगा काष्ठ फर्निचर उद्योग, जय बजरंग फिक्स इट्टा उद्योग, शिखरमाली निर्माण सेवा रहेका छन् ।
त्यस्तै, यस अवधिमा बाहुबली मिनिङ एण्ड डेभलपमेन्ट, आशा डेभलपमेन्ट स्टोर, सत्य साई यातायात कम्पनी, क्वालिटी रोडा ढुंगा उद्योग, ग्लोबल एयर कन्डिस्निङ एण्ड ट्रेडिङ, मनकामना मल्टि इलेक्ट्रोनिक सप्लायर्स, फर्स्र्ट केयर एण्ड प्रालि कालोसूचीमा परेका हुन् ।
त्यसैगरी, कालोसुचीमा परेका कम्पनीहरुमा न्यु नोभेल्टी साइन्टिफिक कन्सर्न, हिमालयन मिनिरलर्स एण्ड हर्बल्स प्रालि, स्काइलाइन कन्ट्रक्सन प्रालि, बिग डेभलपमेन्ट कम्पनी, न्यु ग्रीन भ्यु होटल एण्ड लज रेष्टुरेन्ट, नेपाल फेमिली होम गेष्ट हाउस एण्ड गार्डेन रेष्टुरेन्ट, संगम तरकारी तथा फलफूल पसल, घुमघाम टुर एण्ड ट्राभल प्रालि, ओसिस मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर, स्वच्छन्द शंखरमाली खानी, एसके फर्निसिङ फ्लोरिङ एण्ड इलेक्ट्रोनिक जेनेरल सप्लायर्स रहेका छन् ।
तथ्याङक अनुसार सोही अवधिमा हिलबर्ड नेपाल ब्रिडिङ कम्पनी, ए वान म्यानेजमेन्ट सर्भिस प्रालि, नेशनल डेभलपमेन्ट प्रालि, सूर्योदय मल्टिप्रपोज कम्पनी, चेतना सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ र सिरेटो सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, सहयात्री एग्रिकल्चर को–अपरेटिभ लिमिटेड र द नेक्स्ट सेभिङ एण्ड को–अपरेटिभ लिमिटेड पनि कालोसूचीमा परेका छन् ।
प्रतिक्रिया