शेयर बजारमा गिरावट आज पनि जारी, कारोबार रकममा भने सामान्य सुधार

शेयर बजारमा गिरावट आज पनि जारी, कारोबार रकममा भने सामान्य सुधार


बैंकिङ्ग समाचार, काठमाडौं ।
साताको दोस्रो दिन मंगलबार पनि शेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४५.५९ अंकले घटेर २ हजार २० दशमलव २३ बिन्दुमा झरेको हो । बजारमा आज १ अर्ब ३१ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोमबार नेप्सेमा १ अर्ब २६ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।  

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीमा उपकार लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोपावर कम्पनी रहेका छन् । उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २१२६ रुपैयाँ पुगेको छ । भने बलेफी हाइड्रोपावर कम्पनीको शेयरमुल्य ९.९८ प्रतिशतले बढेर २०३.९० रुपैयाँ पुगेको छ ।    

त्यस्तै, आज हिमालयन बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । आज यस बैंकको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार एनआएसी एशिया बैंकको भएको छ । यस बैंकको आज ६ करोड ११ लाख भन्दा बढीको कारोबार भएको छ ।