बैंकिङ्ग समाचार, काठमाडौं ।
सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले ३० प्रतिशत बोनस शेयर सम्बन्धीत शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको छ । गत पुस १० गते सम्पन्न सातौं वार्षिक साधारण सभाबाट पारित उक्त बोनस शेयर कम्पनीले धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात हितग्राही खातामा जम्मा गरिदिएको हो ।
२०७८ साल मंसिर ३० गतेसम्म शेयर अभौतिकीकरण गराएका सदस्यहरूको बोनस शेयर हितग्राही खातामा जम्मा गरिसकिएको र त्यस पछि शेयर अभौतिकीकरण गराएका सदस्यको हकमा क्रमश गराउँदै जाने भएकाले हालसम्म शेयर अभौतिकीकरण नगराएकाहरूलाई यथासिघ्र गराउँन कम्पनीले भनेको छ ।
यस वर्ष कम्पनीले गत बोनस शेयरसँगै कर प्रयोजनका लागि १ दशमलव ५८ प्रतिशत नगद लाभांश समेत दिने प्रस्ताव पारित गरेको थियो । यसर्थ बोनस शेयरमा लाग्ने कर शेयरधनीहरूले तिर्नुपर्नेछैन । गत वर्ष यस कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गरेकोमा यस वर्ष भने आकर्षक लाभांश वितरण गरेको हो ।
प्रतिक्रिया