युनाइटेड इन्स्योरेन्सको साधारण सभा सम्पन्न, मर्जर सम्बन्धी सम्पुर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान

युनाइटेड इन्स्योरेन्सको साधारण सभा सम्पन्न, मर्जर सम्बन्धी सम्पुर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान


बैंकिङ्ग समाचार, काठमाडौं ।
यूनाइटेड इन्स्योरेन्स कम्पनीको २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा अनमोल व्याङकेट काठमाडौंमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

कम्पनीले यस वर्ष कुनै लाभांश प्रस्ताव गरेको छैन् । सभाले संचालक समितिको तर्फबाट प्रस्तुत हुने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, लेखापरिक्षणको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान, हिसाब नगद प्रवाह विवरण सहितका अनुसूचिहरु पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०७८/७९ को हिसाब किताब लेखापरीक्षण गर्नका लागि बाह्य लेखापरीक्षक एम. जि. एस एशोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त बाह्य लेखापरीक्षक नियुक्ती गरेको छ, तथा नीजको पारिश्रमिक निर्धाण गर्ने प्रस्ताव पनि पारित गरेको छ । साथै, संचालक समितिमा संस्थापक शेयरधनी समुह क को तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना संचालकहरु र सर्वसाधारण समुह ख को तर्फबाट २ जना गरी ६ संचालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

त्यस्तै, बीमा समितिले तोको चुक्ता पूँजी २ अर्ब ५० करोड पुर्याउन यस कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीसंँग एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ती गर्ने सम्बन्धी निर्णय गर्ने तथा सो सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने चल अचल सम्पति र दायित्व मुल्याङकन गर्नका लागि मान्यताप्राप्त मुल्याङकनकर्ता नियुक्त गर्ने, निजको पारिश्रमिक लगायत मर्जर सम्बन्धी सम्पुर्ण अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ ।

कम्पनी बीमा शुल्क आर्जनका हिसाबले स्थापनाकाल देखि पहिलो पटक एक अर्ब क्लबमा प्रवेश गरेको छ । साथै, यस आ.व २०७७/७८ को प्रगतिको मूल्यांकन बमोजिम भारतको कलकत्तामा ३० अप्रिल २०२२ मा इन्डियन चेम्बर अफकमर्सले आयोजना गरेको एसिया स्तरको '3rd Emerging Asia Insurance Awards 2021' मा नेपालबाट निर्जीवन बीमा क्षेत्रमा दिएका महत्वपूर्ण योगदानका लागि 'Best General Insurance Company of the Year Award' बाट यस यूनाइटेड इन्स्योरेन्स सम्मानित भएको थियो ।