ज्योति विकास बैंकको नयाँ विस्तारित काउन्टर जहरसिंपौवामा उद्घाटन


बैंकिङ्ग समाचार, काठमाडौं ।
ज्योति विकास बैंकले २०७९ साल, जेठ २३ गते बैंकको साँखु शाखा अन्तर्गतको जहरसिंपौवा विस्तारित काउन्टरको औपचारिक उद्घाटन गरेको छ । बैंकको संजाल थप सुदृढ गर्ने क्रममा बैंकले काठमाडौंमा नयाँ विस्तारित काउन्टरको औपचारिक सुरुवात गरेको हो ।  

जहरसिंपौवा विस्तारित काउन्टरको समुद्घाटन शंखारापुर नगरपालिका वडा नं ०३ का वडा अध्यक्ष सुर्य बहादुर तामाङ र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गरेका थिए । उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट लगायत विभिन्न पदाधिकारी र कर्मचारीहरु, ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो ।

विस्तारित काउन्टर उद्घाटनको अवसरमा बैंकले जहरसिंपौवा विस्तारित काउन्टरका ग्राहकहरुको निमित्त शुन्य मौज्दातमै क्युआर कोड, निःशुल्क डलर कार्ड जारी, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरोसेयर रजिस्ट्रेशन, निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाईल बैंकिङ्ग सेवा, निस्शुल्क इन्टरनेट बैंकिङ्ग सेवा, सबै मुद्दती निक्षेपहरुमा मासिक ब्याज भुक्तानी, कर्जा सेवा शुल्कमा ०.२५ प्रतिशत छुट लगायत विभिन्न सुविधाहरु प्रदान गर्ने भएको छ ।