आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयर नेप्सेमा सूचीकृत

आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयर नेप्सेमा सूचीकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचीकृत भएको छ ।

कम्पनीको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनी गत फागुन २२ गते देखि चैत १३ गतेसम्म चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद निष्काशन गरेको थियो । उक्त हकप्रद शेयर, सोमबार नेप्सेमा सूचीकृत भएको हो ।

शेयरधनीको डिम्याट खातामा आएपछि उक्त हकप्रद शेयर दोस्रोबजारमा किनबेच गर्न सकिनेछ ।