बैंकिङ्ग समाचार, काठमाडौं ।
एभरेष्ट बैंकले दुई अर्ब रुपैयाँ बराबरको ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र, २०८९’ जारी गर्ने भएको छ ।
बैंकले प्रतिकित्ता एक हजार रुपैयाँका दरले २० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ । जसमध्ये ४० प्रतिशत अर्थात ८० करोड बराबरको ८ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत एक अर्ब २० करोड बराबरको १२ लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ ।
१० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ५.५० प्रतिशतको दरले ब्याज त्रैमासिक रुपमा भुक्तानी हुने बैंकले जानकारी दिएको छ ।
बैंकले ऋणपत्र निष्काशन तथा बिक्रीप्रबन्धकका लागि लक्ष्मी क्यापिटल मार्केटसँग सम्झौता गरेको छ । उक्त सम्झौतामा एभरेष्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र लक्ष्मी क्यापिटल मार्केटको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया