राष्ट्र बैंकले २१ अर्ब ९ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल भोलि गर्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
जेठ २३ सोमबार (भोलि) नेपाल राष्ट्र बैंकले २१ अर्ब ९ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ ।

बैंकले जेठ २४ गते जारी गर्न लागेको ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल सोमबार (जेठ २३ गते) गर्ने भएको हो ।

राष्ट्र बैंकले ९१ दिनका लागि ४ अर्ब २४ करोड रुपैयाँ ट्रेजरी बिल जारी गर्नेछ । यो ट्रेजरी बिल आउँदो भदौ २१ गते परिपक्व हुनेछ ।

बैंकले १८२ दिनका लागि १० अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्दैछ । यो ट्रेजरी बिल भने आउँदो मंसिर २० गते परिपक्व हुनेछ ।

यसैगरी राष्ट्र बैंकले २०८० जेठ २३ गते परिवक्व हुने गरी ३६४ दिने, ६ अर्ब ८३ रुपैयाँको ट्रेजरी बिल पनि जारी गर्नेछ ।

यी ट्रेजरी बिलको जेठ २३ गते दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ ।बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् ।