प्राइम कमर्शियल बैंकले जेठ ३१ गतेदेखि १०.१५% ब्याज पाइने ५ अर्बको ऋणपत्र निष्काशन गर्दै


बैंकिङ्ग समाचार, काठमाडौं ।
प्राइम कमर्शियल बैंकले ऋणपत्र निष्काशन गर्ने भएको छ ।

बैंकले आउँदो जेठ ३१ गतेदेखि ‘१०.१५ प्रतिशत प्राइम डिबेन्चर २०८४’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।

उक्त ऋणपत्रको अवधि ५ वर्ष रहनेछ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । जसमध्ये २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणलाई र बाँकी ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री हुनेछ ।

ऋणपत्र खरिदका लागि छिटोमा असार ३ गतेसम्म र पूर्ण आवेदन नपरेको खण्डमा असार १४ गतेसम्म आवेदन दिन सकिनेछ ।

ऋण खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।