प्राइम कमर्सियल बैंकद्वारा शेयरधनीलाई ५ वर्ष पुरानो नगद लाभांश लिन अनुरोध

प्राइम कमर्सियल बैंकद्वारा शेयरधनीलाई ५ वर्ष पुरानो नगद लाभांश लिन अनुरोध


बैंकिङ्ग समाचार, काठमाडौं ।
प्राइम कमर्सियल बैंकले शेयरधनीलाई पुरानो नगद लाभांश लिन अनुरोध गरेको छ ।

कम्पनीले पाँच वर्ष पुरानो नगद लाभांश हालसम्म पनि शेयरधनीले नलिएकाले लिन अनुरोध गरेको हो ।

नगद लाभांश लिन बाँकी शेयरधनीले असार मसान्तभित्र सिभिल क्यापिटल मार्केट लिमिटेड सुन्धारा, काठमाडौंमा सक्कल नागरिकतासहित सम्पर्क गरी लिन सक्ने कम्पनीले जानकारी दिएको छ ।

सो समय अवधिमा भित्र नगद लाभांश नलिएमा नेपाल सरकारले स्थापना गरेको लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने पनि कम्पनीले बताएको छ ।