एनएमबि बैंकले ‘छोरी’ संस्थामा आयोजना गर्यो वित्तीय साक्षरता कार्यक्रम


बैंकिङ्ग समाचार, काठमाडौं ।
एनएमबि बैंकद्धारा विभिन्न कारणले जोखिममा परेका महिलाहरुलाई उद्धार तथा शशक्तिकरण गर्दै आएको गैह्र सरकारी संस्था ‘छोरी’मा आवद्ध दिदी बहिनीहरुलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा छोरी संस्थाका ५५ जना महिला दिदी बहिनीहरुको उपस्थिति रहेको थियो ।

बैंकको लघुवित्त बिभागद्धारा आयोजित उक्त कार्यक्रमा उपस्थित दिदि बहिनीहरुलाई उत्प्रेरणाको साथैै बचत, लगानी, बिभिन्न प्रकारका कर्जाहरु तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य बिभिन्न सेवाहरुको बिषयमा वित्तीय शिक्षा प्रदान गरिएको थियो । 

उक्त कार्यक्रममा एनएमबि बैंकका तर्फबाट कर्मचारीहरु डा. बुद्धि मल्ल, शरद पौडेल, नबिन पन्थी र छोरी संस्थाकोे तर्फबाट कार्यक्रम संयोजक शारदा पुरीको उपस्थिति रहेको थियो ।

बिगतका बर्षहरु देखी नै महिला उद्यमशिल सहुलियतपूर्ण कर्जा लगानीमा अग्रणी रहेको यस बैंकले महिला सशक्तिकरणको लागि बिभिन्न समयमा बिभिन्न समूहहरु लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ । छोरी संस्थाका दिदि बहिनीहरुलाई गरिएको यस कार्यक्रमले उनीहरुमा बित्तीय ज्ञान प्राप्त भई आत्मनिर्भर बन्न सघाउ भई समग्र अर्थतन्त्रलाई नै सकरात्मक प्रभाव पर्ने बैंकले बिश्वास लिएको छ । बैंक र छोरी संस्था दुबैले भविष्यमा पनि यस्ता बित्तीय साक्षरता कार्यक्रम तथा अन्य सम्भावित कार्यक्रमहरुमा सहकार्य गर्ने जानकारी गराएका छन् ।

बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।