सिटिजन्स बैंकको १८ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि विक्री खुला


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटिजन्स बैंकले १८ हजार ८४३ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला गरेको छ । बैंकले प्रतिकित्ता १५० रुपैयाँ मूल्य कायम गरी उक्त शेयर विक्रीको लागि गोप्य शिलबन्दी बोलपत्र माग गरेको हो ।

यसअघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्री खुला गर्दा उक्त शेयरमा आवेदन नपरेकाले सर्वसाधारणका लागि विक्री खुला गरेको हो ।

ईच्छुक खरीद कर्ताहरुले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन दिन बैंकले आग्रह गरेको छ ।