गरिमा विकास बैंकले गर्यो ‘जंगल भिल्ला रिर्सोट’सँग विभिन्न सेवा सुविधामा छुट सम्बन्धी सम्झौता

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
गरिमा विकास बैंकले आन्तरिक पर्यटनलार्ई प्रोत्साहन तथा प्रर्बद्धन गर्नुको साथै बैंकका आफ्ना ग्राहकहरुलाई थप सुविधाहरु प्रदान गर्नका लागि पर्यटकिय स्थल चितवनको प्रख्यात होटल ‘जंगल भिल्ला रिर्र्साेट’सँग रिर्सोटले प्रदान गर्ने विभिन्न सेवा सुविधाहरुमा आर्कषक छुटको लागि सम्झौता गरेका छ । 

सम्झौता अनुसार, उक्त रिर्सोटले विभिन्न प्रकारका रुम तथा फुड एण्ड वेभरेजमा बैंकका ग्राहकहरुलाई समान १५% छुट प्रदान गर्ने भएको छ । यस बैंकका डेविट कार्ड र गरिमा स्मार्ट मिोबाइल बैंकिङ्ग प्रयोग गरि बिल भुक्तानी गर्ने ग्राहकहरुले उक्त होटलबाट उल्लेखित छुट सुविधाहरु लिन सक्नेछन् ।

हाल गरिमा विकास बैंकले १२१ शाखा कार्यालयहरु, १ एक्स्टेन्सन काउण्टर र ५१ ए.टि.एम.बाट आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।