रिलायन्स फाईनान्सको २१ औं शाखा बुटवलमा उद्घाटन

रिलायन्स फाईनान्सको २१ औं शाखा बुटवलमा उद्घाटन


बैंकिङ्ग समाचार, काठमाडौं ।
रिलायन्स फाईनान्सको २१ औं शाखा बुटवलमा शुभारम्भ गरिएको छ । उक्त शाखाको बिहिबार बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय र संस्थाका अध्यक्ष कुशप्रसाद मल्लीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

कार्यक्रममा बोल्दै नगरप्रमुख पाण्डेयले वित्तिय संस्थाको शाखा स्थापनाले यस क्षेत्रको आर्थिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले बुटवललाई मुलुककै आर्थिक केन्द्रको रुपमा बिकास गर्न खोजिएको बताउँदै त्यसमा नगरपालिकाले के गर्न सक्छ र निजी क्षेत्रबाट सुझाव तथा सल्लाह दिन पनि आग्रह गरे ।

अहिले नगरपालिकाले बुटवलमा सडकको सुधार, ज्योतीनगर-लक्ष्मीनगर पहिरो प्रभावितको व्यवस्थापन र अव्यवस्थित सुकुम्बासी परिवारलाई प्रमाण पुर्जालाई प्राथमिकता दिईएको बताए । उनले क्रमशः तिनाउ दावन कोरिडोरबाट विस्थापित तथा मोतिपुर औद्योगिक क्षेत्रमा पहिलेदेखि बसोबास गर्दै आएकाहरुको कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयहरुलाई प्राथमिकता दिईने जानकारी गराए ।

कार्यक्रममा रिलायन्स फाईनान्सका अध्यक्ष कुशप्रसाद मल्लीले पुर्वदेखि पश्चिमसम्म शाखा सञ्जाल विस्तारमा आफूहरु लागेको बताउँदै रुपन्देही जिल्लामा बुटवल सहित भैरहवा र मणिग्राममा गरी तीन वटा शाखा सञ्चालनमा आईसकेको बताए ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको वित्तिय कारोवार गर्ने ईजाजत प्राप्त गरि २०६६ मंसिरदेखि प्रधान कार्यालय काठमाण्डौको प्रदर्शनी मार्गबाट कारोवार सेवा सुरु गरेको फाईनान्सले हालसम्म काठमाण्डौको न्यूरोड, सीतापाईला, चितवनको नारायणघाट र टाडी, कास्कीको पोखरा, लमजुङको बेसीशहर, काभ्रेको बनेपा, गोरखाको गोरखा बजार र आरुघाट, झापाको विर्तामोड, दमक, धुलाबारी र चारआली, ललितपुरको ईमाडोल, बाँकेको कोहलपुर, कैलालीको अत्तरिया र धनगढी, कन्चनपुरको महेन्द्रनगर तथा रुपन्देहीको भैरहवा र मणिग्राममा यस अगाडि नै शाखा सञ्चालन भईसकेका थिए ।

१ अर्ब ५ करोड पुँजी रहेको उक्त फाईनान्सले निक्षप तथा कर्जाका अतिरक्त ई–बैंकिङ, एससिटी नेटवर्क एटिएम, विभिन्न रेमिट्यान्स सेवाहरु, सी आश्वा, आईपीएस सेवा, एबिबिएस सेवा, ईलेक्ट्रिक चेक क्लियरिङ, एसएमएस बैंकिङ्ग, सजिलो पेमेन्ट एप लगायतका सेवाहरु सञ्चालन गरेको जनाएको छ ।