किसान लघुवित्तको शेयरमूल्य समायोजन

किसान लघुवित्तको शेयरमूल्य समायोजन


बैंकिङ्ग समाचार, काठमाडौं ।
जेठ २० गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा किसान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन गरेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले जेठ २० गते बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेले यस दिन लघुवित्तको २० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात लघुवित्तको शेयरमूल्य १ हजार ८ रुपैयाँ ३३ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात बिहीबार लघुवित्तको शेयर प्रतिकित्ता १ हजार २१० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको थियो । सोही लाभांश प्रस्ताव पारित गर्न लघुवित्तले जेठ २८ गते तेस्रो साधारण सभा डाकेको छ । सो सभा धनगढी उपमहानगरपालिका २, धनगढी, कैलालीमा बिहान ११ बजे शुरु हुनेछ ।

सो सभाले मर्जर तथा एक्विजिशन र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, केन्द्रिय कार्यालय स्थानान्तरण, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।