१८.२६ अंकले घट्यो नेप्से, म्युचल फण्ड बाहेक सबै उप-सुचक राताम्ये

१८.२६ अंकले घट्यो नेप्से, म्युचल फण्ड बाहेक सबै उप-सुचक राताम्ये


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ओरोलो यात्रा कायमै रहेको छ । आज बिहिबार पनि नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से १८.२६ अंकले घटेर २ हजार १ सय १२ दशमलब ४७ विन्दुमा पुगेको हो । बुधबार नेप्से ७.२१ अंकले घटेर २ हजार १ सय ३० दशमलब ७१ विन्दुमा बन्द भएको थियो ।    

त्यस्तै, आज कारोबार रकममा भने सामान्य वृद्धि भएको छ । आज नेप्सेमा १ अर्ब १६ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा १ अर्ब ७ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।     

आज नेप्सेमा म्युचल फण्ड बाहेकका सबै उप-सुचक घटेका छन् । 

आज कारोबार भएका ३९ कम्पनीको शेयरमूल्य बढेको छ भने १४९ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज बलेफी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता १५३.३० रुपैयाँ पुगेको छ ।    

नेप्सेका अनुसार आज प्रभु लाइफ इन्स्योरेन्सका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ६.४७ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी माउन्टेन हाइड्रो नेपालको भएको छ । यस कम्पनीको आज १२ करोड १२ लाख भन्दा बढीको कारोबार भएको छ ।