नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रिमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थान लि.ले संस्थापक शेयर बिक्रि गर्ने भएको छ । कम्पनीले १९ हजार १३२ कित्ता शेयर बिक्रि गर्ने भएको हो ।

कम्पनीका अनुसार शेयर खरिद गर्न इच्छुक शेयर धनीहरुलाई सूचना जारी भएको मितिले ३५ दिनभित्र आवेदन पेश गर्न आग्रह गरेको छ । आवेदकले आवश्यक कागजात प्रमाणपत्र संलग्न गरि कम्पनीको केन्द्रीय कार्यालय धादिङबेसीमा आफुले खरिद गर्न खोजेको शेयर कित्ताको व्यहोरा खुलाई निवेदन दिनुपर्नेछ ।