राष्ट्रिय वाणिज्य बैंकका कार्ड होल्डरले अन्नपूर्ण केबुलकारमा १०% छुट पाउने

राष्ट्रिय वाणिज्य बैंकका कार्ड होल्डरले अन्नपूर्ण केबुलकारमा १०% छुट पाउने

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र अन्नपूर्ण केबुलकार प्रा.लि.बिच बैंकका डेबिट/क्रेडिट कार्ड होल्डरहरुलाई केवलकारको भाडा रकममा १० प्रतिशत छुट गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र अन्नपूर्ण केबुलकारका महाप्रबन्धक दिनेश पौड्यालले हस्ताक्षर गरेका छन् । 

उक्त सम्झौता भएपश्चात कास्कीको पोखरामा रहेको अन्नपूर्ण केबुलकारमा यात्रा गर्दा बैंकका कर्मचारी तथा डेबिट/क्रेडिट कार्ड भएका ग्राहकहरुलाई केबुलकारले भाडा रकम भुक्तानिमा १० प्रतिशत छुट दिने छ ।

कार्यक्रममा बैंकका विभागीय प्रमुख सन्दीपजङ्ग कार्की, विभागीय उपप्रमुख अविता श्रेष्ठ लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

हाल देशभर बैंकले २५८ वटा शाखा कार्यालय, २४५ वटा ए.टि.एम, ४३ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ शाखारहित बैंकिङ्ग सेवा सहित आधुनिक डिजिटल बैंकिङ्गको माध्यमबाट सेवा प्रवाह गर्दै आइरहेको छ ।