बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी बैंक लिमिटेडले १० वर्षे अवधि तथा वार्षिक ११% व्याजदर भएको “केविएल डिवेन्चर २०८९” ऋणपत्र बिक्रीका लागी सिद्धार्थ क्यापिटल लिमिटेडसंग सम्झौता गरेको छ ।
बैंकले प्रति कित्ता अंकित मूल्य १००० रुपैयाँको दरले ३० लाख कित्ता गरी ३ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्न क्यापिटलसँग सम्झौता गरेको हो । सो सम्झौता पत्रमा कुमारी बैंकका प्रमुख बजार व्यवस्थापन नवीन मुनि बज्राचार्य र सिद्धार्थ क्यापिटलका तर्फबाट प्रमुख सञ्चालन अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका हुन् ।
नेपाली वित्तिय क्षेत्रमा हाल सम्मकै उच्चतम व्याजदर दिने मध्येमा सो ऋणपत्र पर्ने बैंकले जनाएको छ । वर्तमान वित्तिय बजारमा उच्चतम प्रतिफल सहितको सो ऋणपत्रबाट खरिदकर्ताहरुले आगामी दशककै राम्रो प्रतिफल प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।



About Us
प्रतिक्रिया