कामना सेवा विकास बैंकद्वारा उद्यमशिलता विकाश कार्यक्रमका सहभागीलाई प्रमाणपत्र हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा उद्यमशिलता विकाश कार्यक्रमका सहभागीलाई प्रमाणपत्र हस्तान्तरण


बैंकिङ्ग समाचार, काठमाडौं ।
कामना सेवा विकास बैंकद्धारा अन्तरप्रेरणासंगकोे सहकार्यमा उद्यमशिलता विकास र प्रवर्धन को उद्देश्यका साथ उद्यमशिलता विकाश कार्यक्रम (Entrepreneurship Development Program) सञ्चालन गरिएको थियो । 
 
सो कार्यक्रमका सहभागीहरुलाई बैंकले मिति २०७९ साल जेष्ठ १६ गते सोमबार बैंकका सञ्चालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतबाट प्रमाणपत्र हस्तान्तरण गरी कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकोे हो ।

कार्यक्रममा अन्तरप्रेरणाका प्रमुख व्यवसायिक अधिकृत श्रद्धा शाक्य, बैंकका प्रमुख व्यवसाय अधिकारी घनश्याम ढुङ्गेल, तालिमका सहभागीहरु लगायत बैंकका अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो । 

बैंकले यस्ता कार्यक्रम गर्नुको मुख्य उद्देश्य उद्यमीहरुलाई प्रोत्साहन गर्न र नेपालमा रहेको असीमित अवसरहरुलाई सही रुपमा पहिचान गरी नविन सिर्जना मार्फत देशमा आर्थिक स्थिरता बढाउन हो भनि बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।