पैसा नभएको चेक काट्ने गोरखाकी लक्ष्मी पक्राउ, १२ लाख जरिवाना तिर्नुपर्ने

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल बंगलादेश बैंकको पैसा नभएको चेक काट्ने गोरखाकी लक्ष्मी सापकोटा पक्राउ परेकी छिन् । बाउन्स चेक काट्ने उनलाई केन्द्रिय अनुसन्धान ब्युरोले बानेश्वरबाट मंगलबार पक्राउ गरेको हो ।

५१ वर्षिय निजलाई पैसा नभएको बैंकको चेक काटेर दिएका कारण बैंकिङ्ग कसुर मुद्धा लागेको थियो । उनलाई उच्च अदालत पाटनले २०६८ साल पुस ५ गते दोषी ठहर गरेको थियो । तर उनी त्यस यता फरार रहँदै आएकी थिइन् ।

उनलाई अदालतले साढे १२ लाख जरिवाना र ३ दिनको जेल सजाए सुनाएको थियो ।