सुनसरीको झुम्कामा सेञ्चुरी बैंकद्वारा १०८ वटा क्यूआर वितरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सेञ्चुरी कमर्सियल बैंकले ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा सुनसरीको झुम्का शाखाबाट १०८ वटा क्यूआर वितरण गरेको छ । उक्त क्यूआर वितरण बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेले स्वयं ग्राहकहरुको पसलमा गएर वितरण गरेका थिए ।

यसका साथै बैंकले झुम्का शाखाको शताब्दी खाताको कारोबार गर्ने ग्राहक हर्षित रेलाई उपचार खर्च वापतको रकम समेत उपलब्ध गराएको छ । बैंकले शताब्दी खातामा ८.०३ प्रतिशतको उच्चतम व्याजदरका साथै ७ लाखसम्मको निःशुल्क बीमा सुविधा प्रदान गर्ने गरेको छ ।