बैंकिङ्ग समाचार, काठमाडौं ।
जेठ १७ गते, मंगलबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले यस दिन इन्स्योरेन्सको ११ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ५३१ रुपैयाँ ५३ पैसा कायम गरिएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन इन्स्योरेन्सको शेयर प्रतिकित्ता ५९० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
यही समायोजित मूल्यका आधारमा आज दोस्रो बजारमा इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ ।
इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ आज बुकक्लोज गरेको हो । यस अनुसार जेठ १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउनुका साथै इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
इन्स्योरेन्सले जेठ ३० गते बिहान १० बजे, नेपाल पर्यटन बोर्ड, प्रदर्शनीमार्ग, काठमाडौं ७३ औं वार्षिक साधारण सभा बोलाएको छ ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ११ प्रतिशत अर्थात १३ करोड ६६ लाख रुपैयाँ बराबरको बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि ०.५७८९ प्रतिशतले हुन आउने ७१ लख ९२ हजार रुपैयाँ नगद लाभांश पारित गर्नेछ ।
यस्तै कम्पनीले जारी पूँजी तथा चुक्ता पूँजी सम्बन्धि व्यवस्था संशोधन गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
सभाले सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने दुई जना र सर्वसाधारण शेयधनी समूहबाट २ जना गरी ४ जना सञ्चालकहरुको समेत निर्वाचन गर्नेछ ।
प्रतिक्रिया