एभरेष्ट इन्स्योरेन्सले मर्जर प्रस्ताब पारित गर्न विषेश साधारण सभा बोलायो

एभरेष्ट इन्स्योरेन्सले मर्जर प्रस्ताब पारित गर्न विषेश साधारण सभा बोलायो


बैंकिङ्ग समाचार, काठमाडौं ।
एभरेष्ट इन्स्योरेन्सले मर्जर प्रस्ताव पारित गर्न विषेश साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको जेष्ठ १५ गते अपरान्ह ४ बजे सम्पन्न १२६ औं बैठकले विषेश साधारण सभा बोलाउने निर्णय गरेको हो ।

कम्पनीले असार २ गते विहान ११ बजे, अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा विषेश साधारण सभा बोलाएको छ ।

उक्त साधारण सभाले हिमालयन जनरल इन्स्योरेन्ससँग मर्जरमा जाने प्रस्ताव पारित गर्नेछ ।

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच बैशाख २२ गते बिहीबार एक आपसमा मर्जर गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

मर्जर प्रयोजनको लागि दुबै कम्पनीले शेयर कारोबार रोक्न निवेदन आएपछि बैशाख २५ गते देखि दुबै कम्पनीको शेयर कारोबार रोक्का रहेको छ ।

हिमालयन जनरल इन्स्योरेन्सले पनि मर्जर सम्बन्धी प्रस्ताव पारित गर्न असार २ गते नै वार्षिक साधारण बोलाएको छ ।