नेपाल इन्स्योरेन्सको ११% बोनस लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल इन्स्योरेन्सको ११% बोनस लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज सोमबार अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि जेठ १७ गते देखि ३० गतेसम्म बुक क्लोज गर्नेछ ।

त्यस अनुसार आज जेठ १६ गते, सोमबारसम्म कायम शेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने ११.५७८ प्रतिशत लाभांश पाउनेछन् ।

कम्पनीले जेठ ३० गते बिहान १० बजे, नेपाल पर्यटन बोर्ड, प्रदर्शनीमार्ग, काठमाडौं ७३ औं वार्षिक साधारण सभा बोलाएको छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ११ प्रतिशत अर्थात १३ करोड ६६ लाख रुपैयाँ बराबरको बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि ०.५७८९ प्रतिशतले हुन आउने ७१ लख ९२ हजार रुपैयाँ नगद लाभांश पारित गर्नेछ ।

यस्तै कम्पनीले जारी पूँजी तथा चुक्ता पूँजी सम्बन्धि व्यवस्था संशोधन गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

सभाले संञ्चालक समितिमा संस्थापक शेयरधनी समुहबाट प्रतिनिधित्व गर्ने दुई जना र सर्वसाधारण शेयधनी समुहबाट २ जना गरी ४ जना सञ्चालकहरुको समेत निर्वाचन गर्नेछ ।