एशियन लाइफमा रोजगारीको अवसर

एशियन लाइफमा रोजगारीको अवसर


काठमाडौं – एशियन लाइफले कर्मचारी माग गरेको छ । कम्पनीले ट्रेनी असिस्टेन्ट एडमिनको लागि केही संख्यामा कर्मचारी माग गरेको हो।

कम्पनीले पालुङ, चम्के, अर्घाखाँची, घोराही, कालीकोट, जुम्ला लगायतका ६ वटा शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारी मागेको छ।

उमेरको हदमा २५ वर्ष ननाघेको हुनुपर्नेछ । ड्राइभिङ लाइसेन्स पनि हुनुपर्नेछ । इच्छुक तथा योग्यता पुगेकाले कात्तिक २६ गतेभित्र आवेदन दिनुपर्नेछ । आवेदन [email protected] मार्फत् दिन सकिने छ ।