सरकारले एक घर, एक विद्युतीय चुलो वितरण गर्ने

सरकारले एक घर, एक विद्युतीय चुलो वितरण गर्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
सरकारले सबै घरधुरीलाई विद्युतीय चुलो वितरण गर्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै स्थानीय तह मार्फत एक परिवारलाई एक विद्युतीय चुल्हो अनुदानमा वितरण गरिने बताएका हुन् ।

यसैगरी विद्युतको पहुँच बाहिर रहेका परिवारका लागि धुँवामुक्त बनाउन सुधारिएको चुल्हो बनाउन सहयोग गर्ने उल्लेख छ । विद्युत खपत बढाउन विद्युतीय चुल्हो अनुदानमा उपलब्ध गराउन लागिएको हो ।