काठमाडौं – सूर्यज्योति लाइफ इन्स्योरेन्सले २० हजार २१४ कित्ता शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी नन्द किशोर शर्माले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए पश्चात कम्पनीका विद्यमान संस्थापकलाई उक्त शेयर बिक्रीमा ल्याएकाे हाे ।
शेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (कात्तिक २१ गते) ले ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल थापाथली काठमाडौंमा आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
तोकिएको अवधिमा संस्थापक शेयरधनीबाट शेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम सर्वसाधारणलाई शेयर बिक्री खुला गरिनेछ।





About Us
प्रतिक्रिया