कृषकलाई सहुलियत ऋण दिन ५ खर्बको लघुवित्त कोष

कृषकलाई सहुलियत ऋण दिन ५ खर्बको लघुवित्त कोष


बैंकिङ्ग समाचार, काठमाडौं ।
सरकारले कृषकलाई सहुलियत कर्जा दिन ५ खर्बको लघुवित्त कोष स्थापना गर्ने भएको छ । अर्थमन्त्री जनादर्न शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै यस्ताे बताएका हुन् ।

यसमा बैंक तथा वित्तीय संस्थाले अनिवार्य रुपमा विपन्न बर्ग तथा कृषि उत्पादन क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जा बापतको रकम लगानी गर्नुपर्ने उल्लेख छ । यसमा नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्ष कोषको समेत निश्चित रकम लगानी हुनेछ ।