मुक्तिनाथ विकास बैंकका ग्राहकलाई बूढानीलकण्ठको मेराकी होलिस्टीक वेलनेस रिट्रिटमा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई बूढानीलकण्ठको मेराकी होलिस्टीक वेलनेस रिट्रिटमा विशेष छुट


बैंकिङ्ग समाचार, काठमाडौं ।
मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन बूढानीलकण्ठ स्थित मेराकी होलिस्टीक वेलनेस रिट्रिट (Meraki Holistic Wellness Retreat ) सँग विभिन्न सेवाहरुमा विशेष १५ प्रतिशत सम्म छुट प्रदान गर्ने गरी एक कार्यक्रम बीच सम्झौता गरेको छ । काठमाडौं जिल्लाको बूढानीलकण्ठमा निकै शान्त र प्राकृतिक सौन्दर्यको बीचमा रहेको मेराकी होलिस्टीक वेलनेस रिट्रिटले स्पा सम्बन्धी विभिन्न थेरेपी पनि प्रदान गर्दै आएको छ ।

उक्त कार्यक्रममा बैंकका तर्फबाट, संस्थागत मामिला विभाग श्री बसन्त बक्शी र अन्य कर्मचारीहरुको उपस्थिति तथा मेराकी होलिस्टीक वेलनेस रिट्रिट को तर्फबाट रेसिडेन्ट म्यानेजर अरुण कुमार झा र अन्य आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो । यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले बूढानीलकण्ठमा रहेकोे मेराकी होलिस्टीक वेलनेस रिट्रिटमा विभिन्न सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।