यस्तो छ मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा (पूर्णपाठसहित)

यस्तो छ मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा (पूर्णपाठसहित)


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो । 

सार्वजनिक भएको मौद्रिक समीक्षामा कुनै पनि व्यवस्था हेरफेर भएको छैन । शेयर लगानीकर्ताहरुले शेयर बजारको ४/१२ नीति परिमार्जनको माग गर्दै आएका थिए । तर, राष्ट्र बैंकले उक्त नीतिबारे कुनै पनि परिमार्जन गरेको छैन । 

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको नौ महिनासम्म औसत उपभोक्ता मुद्रास्फीति लक्षित सीमाभित्र रहेको छ । यद्यपि पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धि, रुस–युक्रेन युद्ध, कोभिड महामारीपश्चात् आन्तरिक मागमा भएको विस्तार र स्थानीय तह निर्वाचनको समयमा भएको आर्थिक गतिविधिले मूल्यमा चाप पर्न गएको छ । 

समीक्षा अवधिमा आयातमा उल्लेख्य वृद्धि भएको र विप्रेषण आप्रवाह स्थिर रहेका कारण बाह्य क्षेत्र दबाबमा परेको छ । बाह्य क्षेत्रतर्फको चालु खाता तथा शोधनान्तर घाटा बढेको छ भने विदेशी विनिमय सञ्चितिले आयात धान्न सक्ने क्षमता घटेको छ । 

चालु आर्थिक वर्षको नौ महिनासम्मको आर्थिक तथा वित्तीय स्थिति, मौद्रिक नीतिमा उल्लिखित नीति तथा कार्यक्रमहरूको कार्यान्वयन अवस्था, नेपाल सरकारको चालु आर्थिक वर्षको बजेटको अद्र्घवार्षिक मूल्याङ्कन र राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय आर्थिक परिदृश्यलाई ध्यानमा राखी मौद्रिक नीतिको यो समीक्षा प्रतिवेदन सार्वजनिक गरिएको राष्ट्र बैंकले जनाएको छ । 

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा पुर्णपाठ हेर्नुहोस्