उपकार लघुवित्तको शेयर नेप्सेमा सूचीकृत, ओनिङ्ग रेन्ज कति ?

उपकार लघुवित्तको शेयर नेप्सेमा सूचीकृत, ओनिङ्ग रेन्ज कति ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
उपकार लघुवित्त वित्तीय संस्थाको शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको र संस्थापकहरुले लगानी गरेको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

आज जेठ १२ गते, बिहीबार लघुवित्तको ६ लाख ५६ हजार २५० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तले सर्वसाधारण लगानीकर्ताहरुलाई वितरण गरेको २ लाख ३६ हजार २५० कित्ता र संस्थापकहरुले लगानी गरेको ४ लाख २० हजार कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको छ ।

नेप्सेले लघुवित्तको शेयरलाई न्युनतम ४०३ रुपैयाँ ९१ पैसा देखि १२११ रुपैयाँ ७३ पैसा ओपनिङ्ग रेन्ज तोकिएको छ । त्यस अनुसार शुक्रबार दोस्रो बजारमा कारोबार खुल्नेछ ।

लघुवित्तको शेयरलाई नेप्सेले युएलबिएसएल (ULBSL) कारोबार संकेत प्रदान गरेको छ ।