आजदेखि कुमारी क्यापिटलको धनवृद्धि योजनाको इकाई विक्री खुला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी क्यापिटल लिमिटेडले आज जेठ १२ गतेदेखि नयाँ म्युचुल फण्ड निष्काशन गरेको छ । क्यापिटलले कुमारी धनवृद्धि योजना निष्काशन गरेको हो ।

क्यापिटलले प्रतिइकाई १० अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई विक्रीमा ल्याएको हो । निष्काशन गरिने कुल इकाईमध्ये कुल विक्री भएको इकाईसंख्याको १५ प्रतिशत अर्थात् एक करोड ८० लाख इकाई कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई विक्री गर्न लागेको हो ।

उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था छ । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा जेठ १७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई विक्री नभएमा जेट २६ गतेसम्म आवेदन म्याद थपिने क्यापिटलले बताएको छ ।

उक्त फण्डको इकाईमा आवेदकले धितोपत्र बोर्डबाट आस्बा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सकिनेछ ।