कर्णाली डेभलपमेण्ट बैंक तेस्रो त्रैमाससम्म करिब २ करोड घाटामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
कर्णाली डेभलपमेण्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ । ढिलो गरि बल्ल सार्वजनिक भएको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार कम्पनी रू. १ करोड ९२ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ । 

गत वर्ष यस अवधिसम्म रू. १ करोड ४ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनी यस वर्ष नोक्सानीमा गएको हो । यस वर्ष कुल सञ्चालन आम्दानी १७ प्रतिशत कम भएको र इम्पेरमेण्ट चार्ज १७ दशमलव ३६ प्रतिशत बढी भएकाले कम्पनीले खुद नोक्सानी व्यहोर्नु परेको हो ।

गत वर्ष रू. ११ करोड ८५ लाखभन्दा बढी कुल सञ्चालन आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ९ करोड ८३ लाखभन्दा बढी मात्र यो आम्दानी गरेको हो । त्यस्तै गत वर्ष रू. २ करोड ९७ लाख इम्पेरमेण्ट चार्ज रहेको कम्पनीको यस वर्ष रू. ३ करोड ४९ लाखभन्दा बढी रहेको छ । 

हाल कम्पनीको चुक्तापूँजी रू. ५० करोड २८ लाख ३०  हजार छ । रिटेन्ड अर्निग रू. १० करोड ४३ लाखभन्दा बढी ऋणात्मक रहेको कम्पनीको जगेडा कोष रकम भने ५४७ प्रतिशत बढेर रू. १४ करोड ४५ लाखभन्दा बढी कायम भएको छ । यस वर्ष कम्पनीले रू. ४ अर्ब ३९ करोड ७२ लाख निक्षेप संकलन गरेको छ भने रू. ३ अर्ब २९ करोड ९१ लाखभन्दा बढी कर्जा प्रवाह गरेको छ ।

निष्क्रिय कर्जा गत वर्ष ३ दशमलव १३ प्रतिशत रहेकोमा यस वर्ष ३ दशमलव ६८ प्रतिशत पुगेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०८ दशमलव ८६ रहेको छ भने ३३ दशमलव ६२ प्रतिशत तरलता व्यवस्थापन गरेको छ ।