बीमा समितिले बीमा सर्भेयरको तालिम संचालन गर्ने

बीमा समितिले बीमा सर्भेयरको तालिम संचालन गर्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
बीमा समितिले बीमा सर्भेयरको लागि तालिम संचालन गर्ने भएको छ । समितिले  २०७८ भदौ ८ गतेदेखि भदौ १४ गतेसम्म तालिम संचालन गरेको थियो । उक्त तालिममा सहभागी हुनका लागि पैसा तिरिसकेका तर तालिममा सहभागी नभएकाहरुको लागि फेरी तालिम दिने जनाएको छ ।

उक्त समयमा तालिममा सहभागी हुन नसकेका निवेदकले समितिको कार्यालयमा निवेदन दिने वा साितिको इमेलमा रकम बुझाएको प्रमाण सहित २०७९ जेठ १८ गतेसम्ममा निवेदन दिइ २०७९ जेठ ३० गतेदेखि असार ३ गतेसम्म काठमाडौंमा संचालन हुने बीमा सर्भेयरको तालिममा सहभागी हुन समितिले आग्रह गरेको छ ।