एभरेष्ट बैंकका ग्राहकलाई सहारा फिजियोथेरापी अस्पतालमा १५% सम्म छुट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
एभरेष्ट बैंक र सहारा फिजियोथेरापी अस्पताल महाराजगंजबीच सम्झौता भएको छ । बैंक र अस्पतालबीच कार्डवाहक, मोबाइल बैंकिङ प्रयोगकर्ता र बैंकका कर्मचारीलाई विशेष छुट दिने सम्झौतामा हस्ताक्षर भएको हो ।

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र सहारा फिजियोथेरापी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हरिकुमार लम्सालले सो सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुरुप बैंकका सबै कार्डवाहक, मोबाइल बैंकिङ प्रयोगकर्ता र कर्मचारीहरूलाई अस्पतालले विभिन्न सेवाहरूमा १० देखि १५ प्रतिशतसम्म छुट दिने डा. लम्सालले बताए ।