प्रिमियममा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न हिमालयन रिइन्स्योरन्सको विशेष साधारण सभा आह्ववान

प्रिमियममा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न हिमालयन रिइन्स्योरन्सको विशेष साधारण सभा आह्ववान


बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमालयन रि इन्स्योरेन्सले प्रिमियममा साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने प्रस्ताव गरेको हो ।

प्रिमियममा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न हिमालयन रि इन्स्योरेन्स लिमिटेड सञ्चालक समितिले विशेष साधारण सभा डाकेको छ ।

कम्पनीले जेठ २७ गते, दिउँसो २ बजे होटल अलफ्ट, ठमेल, काठमाडौँमा सो सभा डाकेको हो । बैशाख २ गते बसेको कम्पनीको सञ्चालक समितिको २५ औँ बैठकले सो दिन विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले उक्त प्रस्ताव पारित गरेपश्चात इन्स्योरेन्सले १०० रुपैयाँ अंकित मूल्यमा थप रकम अथार्त (प्रिमियम) थपेर आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने छ ।

साथै, सो सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र त्यसको लागि सञ्चालक समितिलाई सम्पूर्ण अख्तियार दिने इन्स्योरेन्सको विशेष प्रस्ताव छ ।