काठमाडाैंमा नेपाल बैंकको एकैदिन चारवटा शाखा उद्घाटन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले काठमाण्डौ उपत्यकाका विभिन्न स्थानमा आज एकैदिन चार वटा नयाँ शाखा स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।

बैंकले टोखा वडा नं. ६ टोखा रोडस्थित ग्रिनल्याण्डमा, नार्गाजुन नपा वडा नं.१ स्थित रानिवन चोकमा, रिङ्गरोडकाे सितापाईला चोकमा र पुरानो बानेश्वरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यससँगै नेपाल बैंकको शाखा संख्या २१७ पुगेको छ ।

आजदेखी सञ्चालनमा आएका नयाँ शाखाहरुमध्ये ग्रिनल्याण्ड शाखाको नेपाल सरकारका सचिव एवं नेपाल बैंक, सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्याल तथा टोखा नगरपालिकाका नगर प्रमूख प्रकाश अधिकारीले संयुक्त रुपमा समुद्घाटन गरे भने अन्य तिन शाखाहरुमा सफ्ट लञ्च सहित कारोवार सुरुवात गरिएको छ ।