बैंकिङ्ग समाचार, काठमाडौं ।
गत साता कमर्शियल बैंकहरुको निक्षेप र कर्जा प्रवाह दुवै बढेको छ । बैशाख ३० देखि जेठ ६ गतेसम्म कमर्शियल बैंकहरुको निक्षेप र कर्जा बढेको नेपाल बैंकर्स संघले जनाएको छ ।
बैंकर्स संघकाअनुसार निक्षेप ७ अर्बले बढेको छ भने कर्जा लगानी ३ अर्बले बढेको छ ।
निक्षेप ७ अर्बले बढेर ४३ खर्ब ७० अर्बबाट ४३ खर्ब ७७ अर्ब पुगेको छ भने कर्जा लगानी ३ अर्बले बढेर ४१ खर्ब ९१ अर्बबाट ४१ खर्ब ९४ अर्ब पुगेको छ ।
स्थानीय तहको निर्वाचनमा खर्च भएको पैसा बैंकिंग प्रणालीमा आएपछि तरलता बढ्ने अपेक्षा गरीएपनि अपेक्षाअनुसार निक्षेप बढ्न नसकेको तथ्यांकले देखाएको छ ।



About Us
प्रतिक्रिया