कालिका लघुवित्तको अध्यक्षमा चन्द्र बहादुर क्षेत्री नियुक्त

कालिका लघुवित्तको अध्यक्षमा चन्द्र बहादुर क्षेत्री नियुक्त


बैंकिङ्ग समाचार, काठमाडौं ।
पोखरामा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा चन्द्र बहादुर क्षेत्री नियुक्त भएका छन् । संस्थाको जेठ १० गते बसेको सञ्चालक समितिको बैठकले संस्थाका सञ्चालक क्षेत्रीलाई सर्वसम्मत् रुपमा अध्यक्ष पदमा नियुक्त गरेको हो ।

यसअघिका अध्यक्ष कृष्ण खाँड वालिद्ध नगरपालिकाको मेयरमा निर्वाचित भएपछि सो जिम्मेवारीमा कालिका लघुवित्तको बोर्डले क्षेत्रीलाई चयन गरिएको बताइएको छ ।

क्षेत्रीले कानुन विषयमा स्नातक साथै मानविकी र समाजशास्त्र विषयमा स्नाकोत्तर गरेका छन् ।

उनी २०४६ देखि २०५० सम्म शिक्षण पेशामा, वि.सं. २०५५ देखि २०७४ सम्म जिल्ला विकास समिति लगायत विभिन्न संघ संस्थामा कानुनी सल्लाहकार साथै वि.सं.२०५१ देखि हालसम्म वकालत पेशामा आवद्ध रहेका छन् ।