एभरेष्ट बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने

एभरेष्ट बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
एभरेष्ट बैंकले दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक लागि लक्ष्मी क्यापिटल मार्केटसँग सम्झौता गरेको छ । सम्झौतामा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र लक्ष्मी क्यापिटल मार्केटका प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् । 

बैंकले ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ जारी गर्न लागेको छ । बैंकले प्रति कित्ता एक हजार रुपैयाँका दरले २० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ  ।

कुल २ अर्बो ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात ८० करोड बराबरको ८ लाख कित्ता सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत एक अर्ब २० करोड बराबरको १२ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ । ६ वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक १०.५०५ दरले ब्याज भुक्तानी त्रैमासिक रुपले ३/३ महिनाको अवधिमा हुनेछ ।