बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकको सञ्चालकमा चिन्तामणि शिवाकोटी र डा. शंकर आचार्य नियुक्त भर्एका छन् । मंगलबारको मन्त्रीपरिषद्को बैठकले उनीहरुलाई नियुक्त गरेको हो ।
शिवाकोटी यसअघि नेपाल राष्ट्र बैंककै डेपुटी गभर्नर हुन् । आचार्य नेपाल राष्ट्र बैंककै पूर्व कार्यकारी निर्देशक हुन् । राष्ट्र बैंकमा ३० वर्ष काम गरेपछि उनी अवकाश भएका थिए ।
यसअघिका सञ्चालक श्रीराम पौडेल र रामजी रेग्मी अवकाश भएपछि सञ्चालक पद रिक्त थियो । मन्त्रीपरिषद्ले उनीहरुलाई पाँच वर्षको लागि नियुक्त गरेको हो ।



About Us
प्रतिक्रिया