सानिमा बैंकको १५ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा बैंकको १५ लाख कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी विक्रीमा आएको छ । बैंकले यस अघि मंसिर २२ गते विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी ३५ दिने सुचना जारी गरेको थियो । 

उक्त अवधिमा विक्री हुन नसकेको १५ लाख कित्ता संस्थापक शेयर भने अन्य व्यक्ति तथा संस्थामा विक्री गर्न लागिएको हो । यो शेयरको मूल्य प्रतिकित्ता रू. २२० तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी इच्छुक खरीदकर्ताहरूले आगामी १५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।