स्मार्टच्वाईस टेक्नोलोजिज र फर्स्ट पे बिच अन्तरआवद्धता सम्बन्धि सम्झौता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
स्मार्टच्वाईस टेक्नोलोजिज र स्मार्ट क्यूआर र फर्स्ट पे क्यूआरबीच अन्तरआवद्धताको लागि एतिहासिक सम्झौता सम्पन्न भएको छ ।

सम्झौतामा स्मार्टच्वाईस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु तथा फर्स्ट पे को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सौरभ रिजालबीच हस्ताक्षर भएको हो ।

स्मार्टच्वाईस टेक्नोलोजिज र युनियन पे मा आवद्ध भुक्तानी सम्यन्त्र मार्फत कारोबार गर्न सकिने क्यूआर सेवा प्रदान गर्दै आएको फर्स्ट पे टेक्नोलोजिजबीच भएको यस सम्झौताले मुलुकको समग्र डिजिटल भुक्क्तानी प्रणालीको विकास तथा प्रबन्धनमा टेवा पुग्ने कम्पनीले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको परिपत्र मार्फत सबै अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायक लाइ अन्तरआवद्धताको लागि दिएको निर्देशन अनुरुप यो सम्झौता सम्पन्न भएको हो ।

यस सम्झौता पश्चात फर्स्ट पे क्यूआरको सुविधा लिएका विभिन्न व्यापार-व्यवसायलाई स्मार्ट क्यूआरको नेटवर्क अन्तरगत रहेको भुक्तानी सेवा प्रदायक वालेट तथा मोबाइल बैंकिङ्ग एप मार्फत ग्राहकहरुले सहज र सुरक्षित रुपमा भुक्तानी गर्न सक्छन् भने स्मार्ट क्यूआर मार्फत भुक्तानी लिँदै आएका व्यापार व्यवसायले फर्स्ट पे नेटवर्कमा आवद्ध ग्राहकहरु मार्फत पनि भुक्तानी लिन मिल्ने भएको छ ।