सरकारको नीति तथा कार्यक्रम आज ४ बजे सार्वजनिक हुँदै

सरकारको नीति तथा कार्यक्रम आज ४ बजे सार्वजनिक हुँदै


बैंकिङ्ग समाचार, काठमाडौं ।
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह ४ बजे संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् ।

मंगलबार प्रस्तुत हुने नीति तथा कार्यक्रम अनुसार नै सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्नेछ । नीति तथा कार्यक्रम आन्तरिक उत्पादन वृद्धि, आयात प्रतिस्थापन, चुनावमुखी कार्यक्रम र आत्मनिर्भर अर्थतन्त्रमा केन्द्रित हुने बताइएको छ ।